Logo
Logo
समाचार

कुमार रेग्मी र प्रेम राईविरुद्ध हामी प्रयोग भएका छैनौँ : यज्ञमणि न्यौपाने

उनले लेखेका छन्- सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र अख्तियारका प्रमुख आयुक्त प्रेमबहादुर राईको नाम जोडेर संसद् सचिवालयमा निवेदन आएको, राष्ट्रिय स्वतन्त्र पार्टीका कानुन व्यवसायी पृष्ठभूमि भएका सांसदहरूले त्यसलाई क्षेत्राधिकार ग्रहण गराउन कसरत गरेको भन्ने जस्ता भ्रामक समाचार तथा सामाजिक सञ्जालमा आएका विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २८ गते १९:५६
२०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । सत्तारूढ रास्वपा सांसद तथा अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईविरुद्ध संसद् सचिवालयमा लगिएको निवेदनलाई क्षेत्राधिकार ग्रहण गर्न लागिएको आरोपको खण्डन गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी लेख्दै न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरूबीच त्यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढाउने सन्दर्भमा कुनै किसिमको भूमिका र छलफल आजसम्म नभएको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्-

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र अख्तियारका प्रमुख आयुक्त प्रेमबहादुर राईको नाम जोडेर संसद् सचिवालयमा निवेदन आएको, राष्ट्रिय स्वतन्त्र पार्टीका कानुन व्यवसायी पृष्ठभूमि भएका सांसदहरूले त्यसलाई क्षेत्राधिकार ग्रहण गराउन कसरत गरेको भन्ने जस्ता भ्रामक समाचार तथा सामाजिक सञ्जालमा आएका विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायी पृष्ठभूमिका सांसदहरू बीच त्यस्तो किसिमको निवेदन पेश गर्ने गराउने वा त्यसलाई अगाडि बढाउने सन्दर्भमा कुनै किसिमको भूमिका र छलफल आजसम्म नभएको कुरामा हामी स्पष्ट छौं। महाभियोग जस्तो गम्भीर विषयलाई हल्काफुल्का रूपमा लिने, सामान्य उजुरी निवेदन हाल्ने हलाउने र सामाजिक सञ्जालमा हल्ला खल्ला गराउने विषय होइन।

राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध सांसदहरूले कोही कसै उपर महाअभियोग लगाउनुपर्ने परिस्थिति सिर्जना भएको महसुस गरेको अवस्थामा संविधान, कानुनले निर्दिष्ट गरेको प्रक्रिया पूरा गरेर स्पष्ट रूपमा गर्न सक्ने नै र यस्तो बोध हुँदा सो विषय लुकाउनु छिपाउनुपर्ने विषय समेत नहुने भएकाले महाअभियोग जस्तो गम्भीर विषयलाई सत्तापक्षमा रहेका कानुन पृष्ठभूमिका सांसद हरूलाई जोडेर नबुझ्न नबुझाउन सम्बन्धित सरोकारवाला समेतलाई जानकारी गराउँछु।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित