‘कुलेखानी जलाशय सुरक्षित तहमा, बाँधका ढोका खोल्ने अवस्था छैन’ : विद्युत् प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमा रहेको र बाँधका ढोका खोल्नुपर्ने अवस्था नरहेको जनाएको छ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलाशयको पानीको सतह हाल सुरक्षित तहमा रहेको र बाँधका ढोका खोल्नुपर्ने अवस्था नरहेको जनाएको छ। प्राधिकरणका अनुसार जलाशय क्षेत्रमा अहिले न्यून वर्षा भइरहेको छ।
पानीको अवस्था परिवर्तन भई ढोका खोल्नुपर्ने भए त्यसअघि नै तल्लो तटीय क्षेत्रका बासिन्दा र सम्बन्धित सरोकारवालालाई जानकारी गराइने प्राधिकरणले स्पष्ट पारेको छ। त्यसका लागि तीन चरणको चेतावनी प्रणाली व्यवस्था गरिएको छ। प्रत्येक चरणमा साइरन बजाइने र मोबाइल सन्देशमार्फत पनि सूचना दिइनेछ।
प्राधिकरणले विदेशका दृश्य तथा पुराना भिडियो जोडेर सामाजिक सञ्जालमा फैलाइएको ‘कुलेखानी बाँध फुट्यो’ भन्ने दाबीप्रति सचेत रहन आग्रह गरेको छ। आधिकारिक स्रोतबाट पुष्टि नगरी यस्ता सामग्रीमा विश्वास वा प्रसार नगर्न तथा सम्बन्धित निकायका सुरक्षा निर्देशन पालना गर्न प्राधिकरणको अनुरोध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




