Logo
Logo
पूर्वाधार विकास

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुंगा-मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २० गते १९:२६
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरूको रोहवरमा सडक खन्ने काम शुरु गरेको हो । शनिवारबाट ट्रयाक खोल्ने तयारी रहेको छ । शुक्रवार राति कुरा गर्दै निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेको जानकारी दिए । उनले मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेको र बाँकी ५० मिटर ट्रयाक शनिवारबाट खोल्ने तयारी रहेको बताए । यात्राहरूलाई बन्दको अवस्थामा नआत्तिकन अरु विकल्प प्रयोग गर्न अनुरोध गर्दै उपाध्यक्ष खड्काले अस्थायी रूपमा भए पनि सडक राम्रो बनाउने काममा आफूहरू लागेको स्पष्ट पारे । विपद्को घडीमा राज्यलाई सघाउनु हामी सबैको जिम्मेवारी भएको उल्लेख गदै उनले ट्रयाक छिटो सकेर शनिवारसम्म साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्ने बताए ।

उनले भने, ‘हामी अहोरात्र खटेर काम गरिरहेका छौँ । कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेका छौँ । मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेका छौँ । अब ५० मिटर जति मात्रै हाम्रो बाँकी रहेको छ । रातिको समयमा पनि प्राविधिक, अपरेटर, इन्जिनियर र कर्मचारीहरू खटिनुभएको छ । आफ्नो ज्यानको बाजी लगाउनुभएको छ । यस्तो दु:खद् घडीमा नागरिकलाई सहजता प्रदान गर्नुपर्छ भनेर बाटो खन्ने काम गरिरहेका छौँ । ट्रयाक छिटो सकेर (शनिवारसम्म) व्यवस्थित रूपमा नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्न चाहन्छौँ । यात्राहरूलाई बन्दको अवस्थामा नआत्तिकन अरु विकल्प प्रयोग गर्न अनुरोध गर्दछु । आत्तिएर बनाउने तर दुई दिन बन्द हुने हुनु हुँदैन । अस्थायी रूपमा भए पनि राम्रो बनाउने काममा हामी लागेका छौँ । हामी २४ सै घण्टा बाटो खुलाउन लागिरहेका छौँ । विपद्को घडीमा राज्यलाई सघाउनु हामी सबैको जिम्मेवारी हो ।’

गत भदौ १० गते र त्यसपछि निरन्तर आएको त्रिशूली बाढीको कारण कृष्णभीर, परेवाभीरसहितका विभिन्न स्थानको सडक कटान गरी बगाएको थियो । जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौं नाका प्रवेश गर्ने सवारी साधनले सास्ती भोगिरहेका छन् । खाद्यान्न लगायत, अत्यावश्यक सामग्रीहरू आयात गर्न पनि असहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित