Logo
Logo
समाचार

कृषि अनुसन्धान र प्रविधि हस्तान्तरण सम्झौता

मधेस प्रदेशमा कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण तथा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ११ गते २०:५९
४४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । मधेस प्रदेशमा कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण तथा आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र पिस कोर नेपालका राष्ट्रिय निर्देशक डा. किम्याह नजिउल्लाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीले कृषि अनुसन्धानलाई व्यावहारिक प्रयोगमा रूपान्तरण, कृषक समुदायसम्म आधुनिक प्रविधिको पहुँच विस्तार तथा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हस्ताक्षर कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले विश्वविद्यालयलाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने कृषि प्रणाली, बाली विविधीकरण, पशुपालन, मत्स्य विकास तथा खाद्य सुरक्षासम्बन्धी व्यावहारिक अनुसन्धान गर्ने अग्रणी राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।

उनले विश्वविद्यालयबाट प्राप्त अनुसन्धान तथा प्राविधिक ज्ञान कृषक समुदाय र विद्यालयसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै अनुसन्धानका उपलब्धिलाई खेतबारीमा प्रयोग गर्न सके मात्रै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने बताए।

अर्थमन्त्री भट्टराईले विश्वविद्यालय र पिस कोर नेपालबीचको सहकार्य सम्झौतामा मात्रै सीमित नभई कृषि उद्यमशीलता प्रवर्द्धन, कृषक परिवारको आयआर्जनमा सुधार, पोषणको स्तर वृद्धि तथा कृषि क्षेत्रमा युवाको सहभागिता बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए।

सहकार्यको प्रभाव कृषि अनुसन्धान, उत्पादन वृद्धि, कृषकको जीवनस्तर सुधार र युवाका लागि उद्यमशीलताका अवसर सृजनामा देखिनुपर्ने उनको भनाइ थियो ।

मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्वपूर्ण योगदान रहेकाले अनुसन्धान, आधुनिक प्रविधिको प्रयोग र संस्थागत सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

विश्वविद्यालयको प्राज्ञिक क्षमता र पिस कोर नेपालको अनुभवलाई उपयोग गरी स्थानीय आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्न सके कृषि क्षेत्रको आधुनिकीकरण तथा प्रदेशको आर्थिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित