Logo
Logo
समाचार

क्रिकेटको नतिजा बदल्ने लक्ष्यमा नेपाल

‘हामीले गोल्ड मेडलको आशा गरेर खेल्नुपर्छ। क्रिकेटमा त्यो सम्भावना पनि छ। टी-२० ढाँचामा जुन टोलीले जसलाई पनि हराउन सक्छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रहेका गौचनले भने, ‘एसियन गेम्स ठूलो प्रतियोगिता भएकाले खेलाडीसामु आफ्नो क्षमता देखाउने अवसर पनि हो। केही वर्षयता टी-२०आई क्रिकेटमा लगातार राम्रो गरिरहेकाले आसन्न एसियन गेम्समा पनि नेपालले राम्रो नतिजा ल्याउनेछ।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ ३० गते १५:३९
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- एसिसी प्रिमियर कप विजेता नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले लगत्तै अब २०औँ संस्करणको एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने तालिका छ। असोज ३ गतेदेखि जापानमा आयोजना हुन लागेको प्रतियोगितामा क्रिकेटतर्फ नेपालको पुरुष टोलीले प्रतिस्पर्धा गर्न लागेको हो।

एसियाली खेलकुदमा क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो। नेपाली टोलीले यसअघि सन् २०१०, २०१४ र २०२३ को एसियाली खेलकुदमा भाग लिएको थियो। ती तीनवटै संस्करणमा नेपालले क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो।

यसपालि टोली उच्च लयमा रहेका कारण क्वार्टरफाइनलभन्दा माथि पुग्नसक्ने खेलाडी र खेल विश्लेषकको अनुमानमा छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी शक्ति गौचन यसपटक नेपालले विगतभन्दा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्छन्।

‘विगतको संस्करणमा हामी एसियन गेम्सको क्वार्टरफाइनलसम्म पुगेका थियौँ। हामीले त्यति नै गर्न सक्यौँ। अहिलेको टोलीसँग त्योभन्दा राम्रो नतिजा निकाल्ने क्षमता छ,’ गौचनले भने, ‘एसियन गेम्समा क्रिकेटतर्फ नेपाल क्वार्टरफाइनलभन्दा माथि पुग्ने सम्भावना धेरै छ। केही दिनअघि एसिसी प्रिमियर कपमा उपाधि जितेका कारण पनि टोलीमा आत्मविश्वास बढेको छ।’

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्न सके क्वार्टरफाइनलमा बलियो टोलीसँग प्रतिस्पर्धा गर्न पाइने भएकाले टोलीले उच्च मनोबलका साथ खेल्नुपर्ने उनको भनाइ छ। ‘हामीले गोल्ड मेडलको आशा गरेर खेल्नुपर्छ। क्रिकेटमा त्यो सम्भावना पनि छ। टी-२० ढाँचामा जुन टोलीले जसलाई पनि हराउन सक्छ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रहेका गौचनले भने, ‘एसियन गेम्स ठूलो प्रतियोगिता भएकाले खेलाडीसामु आफ्नो क्षमता देखाउने अवसर पनि हो। केही वर्षयता टी-२०आई क्रिकेटमा लगातार राम्रो गरिरहेकाले आसन्न एसियन गेम्समा पनि नेपालले राम्रो नतिजा ल्याउनेछ।’

उनले आफूले एसियन गेम्स खेल्दाको अनुभव पनि सुनाए। ‘मैले तीन संस्करणमध्ये सन् २०१४मा भएको एसियन गेम्समा खेल्ने मौका पाएको थिए। त्यतिबेला हामीले क्वार्टरफाइनलसम्मको यात्रा गरेका थियौँ। अफगानिस्तानसँगको हारले यात्रा रोकिएको थियो। यसपालि नेपालले समूह चरणमै अफगानिस्तानसँग खेल्दैछ, आशा छ टोलीले उच्चस्तरको प्रदर्शन गर्नेछ,’ गौचनले भने, ‘त्योबेला र अहिले नेपाली क्रिकेटमा धेरै परिवर्तन छ। टी-२० ढाँचाका लागि हामीसँग खेलाडीको विकल्प बढेको छ। टोलीको वरीयतादेखि अन्य पक्षमा धेरै सुधार भएको छ।’

एसियाली खेलकुदमा नेपालको प्रदर्शन

नेपालले क्रिकेटतर्फ पहिलोपटक सन् २०१० को एसियाली कुलकदमा प्रतिस्पर्धा गरेको थियो। चीनको ग्वाङ्झाउमा भएको उक्त संस्करणमा नेपालले समूह चरणमा हङकङविरुद्ध ३० रनको पराजय व्यहोर्दा माल्दिभ्सविरुद्ध ७५ रनको एकतर्फी जित निकालेको थियो।

समूह उपविजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको नेपाली टोली श्रीलंकविरुद्ध २ विकेटले पराजित भयो। नेपाली क्रिकेट टोलीले दोस्रोपटक सन् २०१४ को एसियाली खेलमा सहभागिता जनाएको थियो। दक्षिण कोरियाको इन्चोनमा भएको त्यस संस्करणमा नेपालले समूह चरणमा कुवेतविरुद्ध ९ विकेट र माल्दिभ्सविरुद्ध सात विकेटको फराकिलो जित दर्ता गरेको थियो।

क्वार्टरफाइनलमा भने नेपाल अफगानिस्तानसँग ८ रनले स्तब्ध भयो। नेपालले तेस्रोपटक १३ वर्षपछि एसियाली खेलकुदको क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्‍यो। सन् २०२३ मा चीनको हाङ्झाउमा भएको उक्त संस्करणमा नेपालले समूह चरणमा मङ्गोलियाविरुद्ध २७३ रन तथा माल्दिभ्सविरुद्ध १३८ रनको जित निकालेको थियो।

क्वार्टरफाइनलमा भने नेपालले पुनः विगतकै नतिजा दोहोर्‍यायो। गत संस्करणमा क्वार्टरफाइनलमा नेपालले भारतविरुद्ध २३ रनको हार व्यहोरेको थियो। यसरी हेर्दा तीन संस्करणसम्म आइपुग्दा नेपाल क्वार्टरफाइनलमा रोकिएको छ। नेपालसामु यसपालि विगतको नतिजामा सुधार गर्दै अघिल्लो चरण पुग्ने चुनौती छ।

प्रतियोगितामा नेपालले समूह चरणमा असोज ९ गते अफगानिस्तान र असोज १० गते जापानविरुद्ध खेल्ने तालिका छ। समूह चरणमा तालिकाको शीर्ष दुईमा स्थानमा हासिल बनाउन सके नेपालले क्वार्टरफाइनलमा भारत र श्रीलंकामध्ये एउटा टोलीविरुद्ध खेल्ने अवसर पाउनेछ।

आसन्न संस्करणको एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ। टिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, आरिफ शेख, गुल्शनकुमार झा, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित