कोप-३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शून्य
संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरूको विश्व जलवायु सम्मेलन कोप-३१ कुनै उच्चस्तरीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ ।

अन्ताल्या, टर्की । संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरूको विश्व जलवायु सम्मेलन कोप-३१ कुनै उच्चस्तरीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । कोप-३१ मा अनुकूलन, अनुकूलन कोष र न्यायोचित संक्रमण कार्य कार्यक्रम जस्ता प्रक्रियागत र निर्णय भए पनि सम्मेलनको मुख्य राजनीतिक सम्झौता नै पारित हुन नसक्नु असफलता हो । जीवाश्म इन्धनबाट संक्रमण, जलवायु वित्त, १.५ डिग्री तापक्रम कायम राख्ने लक्ष्यअनुरूप कदम र जलवायु न्यायमा विश्वको साझा प्रतिवद्धता कमजोर देखियो । जलवायुकार्यका मूल एजेण्डामा सहमति जुटाउन नसकेपछि यो सम्मेलनलाई कतिपयले असफल भएको टिप्पणी गरेका छन् । पछिल्ला दिनमा विश्वस्तरमा नै जलवायु परिवर्तनका कारण सृजित समस्याहरू बढ्दै गइरहेको सन्दर्भलाई आत्मसाथ गरी सही ढंगले समस्या सम्बोधन गर्नबाट एकतिस औ कोप चुकेको छ ।
जलवायुजन्य समस्याबाट प्रभावित विकासोन्मुख मुलुकहरूले माग गरे अनुसार, अनुदानमा आधारित सार्वजनिक वित्त, पर्याप्त स्रोतसहितको न्यायोचित संक्रमण संयन्त्र र शतप्रतिशत दिगो नवीकरणीय ऊर्जातर्फको रूपान्तरणका कुनै पनि योजना बन्न सकेनन् । जलवायुजन्य विपद्सँग जुधिरहेको नेपाल र नेपाल जस्ता अन्य देशहरूलाई प्रभावित समुदायलाई पुन:स्थापना र पुनर्निर्माणका लागि आर्थिक स्रोत चाहिएको छ । तर कोप-३१ ले सार्वजनिक जलवायु वित्त उपलब्ध गराउन नसक्दा नेपालजस्ता देशसँग बहुपक्षीय विकास बैंक र अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट ऋण लिनुको विकल्प सीमित हुँदै गएको छ ।
ठूला मुलुक जलवायु वित्तप्रति उत्तरदायी र जबाफदेही नहुँदा विकासोन्मुख मुलुकहरू नयाँ ऋण संकटमा पर्ने जोखिम बढाएको छ । विकासशील देशहरू असमान शासन संरचना भएका संस्थाहरूतर्फ धकेलिने छन् । जलवायु संकटले सम्पत्ति र धन सीमित वर्गमा केन्द्रित गर्छ र प्राकृतिक स्रोत दोहन र पर्यावरणीय विनाशको लागत ग्लोबल साउथका देशहरूमाथि थोपर्छ । कोप-३१ ले यही प्रणालीलाई थप निरन्तरता दिएको छ । ग्लोबल साउथलाई थप ऋण, शर्तहरू र नाफामुखी विकास होइन, जलवायु क्षतिपूर्ति र लोकतान्त्रिक प्रक्रियामा आधारित, अनुदानमुखी सार्वजनिक वित्त चाहिन्छ । जसको प्रत्याभूतिबाट कोप पछि हटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




