Logo
Logo
समाचार

खुँडा प्रहारबाट एक जनाको मृत्यु

प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २७ गते १९:४८
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

मुगु । मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले ती ज्येष्ठ नागरिकलाई धारिलो हतियार (खुँडा) प्रहार गरी घाइते तुल्याएकामा उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

खुँडा प्रहार गरी फरार रहेका अभियुक्त कामीलाई रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट प्रहरीले आजै पक्राउ गरेको छ । 

प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित