कीर्तिपुरको ७ सय रोपनी जग्गा फिर्ता आएको त्रिविको दाबी, अनधिकृत संरचना हटाइने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको ७ सय रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याई आफ्नै व्यवस्थापनमा राखेको जनाएको छ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कीर्तिपुरस्थित आफ्नो स्वामित्वमा रहेको ७ सय रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याई आफ्नै व्यवस्थापनमा राखेको जनाएको छ। विश्वविद्यालयले उक्त जग्गा फिर्ता आएकोमा कुनै दुविधा नरहेको स्पष्ट पारेको छ।
त्रिविका अनुसार विभिन्न समयमा सम्झौता, सरकारी निर्देशन तथा केही संघसंस्थाको स्वेच्छिक भोगचलनका कारण जग्गा प्रयोग हुँदै आएको थियो। पटक–पटक जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर भएपछि विश्वविद्यालयले खोजबिन प्रक्रिया अघि बढाएको थियो।
पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा २०८१ जेठ १७ गते गठित समितिले जग्गाबारे छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा त्रिविले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न सम्बन्धित पक्षलाई पत्राचार गरेको थियो।
त्रिविका अनुसार पत्राचारपछि विभिन्न संघसंस्थाले जग्गा फिर्ता गर्न, सम्झौता नवीकरण गर्न वा नयाँ सम्झौताका लागि सम्पर्क गरेका छन्।
विश्वविद्यालयले फिर्ता आएको जग्गा आफ्नै व्यवस्थापनमा राख्ने र त्यहाँ निर्माण गरिएका अनधिकृत भौतिक संरचना क्रमशः हटाउने तथा व्यवस्थापन गर्ने प्रक्रिया सुरु भइसकेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




