Logo
Logo
समाचार

कपिलवस्तुकाे भाइरल डाँडानजिक पहिरो जाँदा पूर्व- पश्चिम राजमार्ग अवरुद्ध

पहिरोका कारण सडकमा माटो तथा ढुंगा खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ११ गते ०२:३६
८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

रुपन्देही । लगातारको वर्षाका कारण कपिलवस्तुको भाइरल डाँडानजिक पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार राति करिब ८ बजे दाङ–कपिलवस्तु सडकखण्डअन्तर्गत भाइरल डाँडानजिक पहिरो गएको हो ।

पहिरोका कारण सडकमा माटो तथा ढुंगा खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

पहिरो गएको स्थानमा इलाका प्रहरी कार्यालय चन्द्रौटाको टोली पुगेर अवस्थाबारे जानकारी लिइरहेको छ।

लगातार वर्षा भइरहेकाले थप पहिरो खस्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले सडकमा सावधानी अपनाउन आग्रह गरेको छ। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित