कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याइएका साढे १३ लाखका सामान बरामद
कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका १३ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरी भन्सार कार्यालय पठाएको छ।

काठमाडौँ । कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका १३ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरी भन्सार कार्यालय पठाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरको संयुक्त टोली तथा वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले जिल्लाका विभिन्न स्थानबाट ती सामान बरामद गरेका हुन्।
प्रहरीले जिन्स तथा लेडिज जुत्ता बोकेको से.१ च ३१९ नम्बरको महेन्द्रा पिकअप जिप नियन्त्रणमा लिएको छ। जिपसहित बरामद सामानको मूल्य १३ लाख तीन हजार ६ सय रुपैयाँ कायम गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले विभिन्न किसिमका आयुर्वेदिक औषधि बरामद गरेको छ।
बरामद औषधिको मूल्य ८० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। दुवै कारबाहीबाट बरामद सामानको कुल मूल्य १३ लाख ८३ हजार ६ सय रुपैयाँ रहेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




