Logo
Logo
समाचार

काठमाडौंमा पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याइँदै

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ १४ गते १७:३२
१२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । सरकारले हेटौँडाहुँदै त्रिभुवन राजपथ (बाइरोड) बाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी थालेको छ।

कृष्णभीरमा सडक भासिएपछि काठमाडौंका लागि अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने भएपछि सरकारले पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याउने तयारी थालेको हो।

भोटेकोशी बाढीका कारण मुग्लिनको बाटो ३ दिन बन्द भएर खुलेको थियो। कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–नारायणगढको बाटो बन्द भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुन नदिन काम गरिरहेको छ। मन्त्रालय स्रोतले भन्यो, ‘अहिले कुनै पनि वस्तुको आयात रोकिएको छैन। मुग्लिनको बाटो बन्द भए पनि अन्य बाटोबाट अत्यावश्यक वस्तु आयात भइरहेको छ। हामीले विशेष ध्यान पेट्रोलियम पदार्थ आयातमा दिइरहेका छौँ।’

हिजो नेपाल आयल निगमले १२ लाख लिटर पेट्रोल र ६ लाख लिटर डिजेल बिक्री वितरण गरेको थियो। ढुवानीका ठूला सवारी कम चलेका कारण डिजेलको माग घटेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित