Logo
Logo
समाचार

काठमाडौँमा ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरु, अर्ग्यानिक उत्पादनको प्रवर्द्धनमा जोड

जुम्लाको अर्ग्यानिक स्याउको प्रचार–प्रसार तथा बजार प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २२ गते २१:०९
११
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । काठमाडौँको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा सोमवारदेखि ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरु भएको छ । जुम्लाको अर्ग्यानिक स्याउको प्रचार–प्रसार तथा बजार प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

प्रदर्शनीको पहिलो दिन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गरे । सो क्रममा उनले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्यनजर गर्दै यसको ब्राण्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री चौधरीले अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन दिनु राज्यको प्राथमिकता रहेको उल्लेख गर्दै नेपाली स्याउलाई स्वदेशी बजारमा स्थापित गर्न सरकारी तवरबाट आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने विश्वास दिलाइन् ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा किसानको आर्थिक जीवनस्तरमा सुधार आउने बताउँदै उनले जुम्ली स्याउ जस्ता मौलिक उत्पादनको संवर्द्धनका लागि यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरिन् ।

साताव्यापी रूपमा चल्ने यस प्रदर्शनीमा जुम्लाका विभिन्न बगैँचाबाट ल्याइएका अर्ग्यानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन् ।

प्रदर्शनीमार्फत जुम्ली स्याउको बजार विस्तारमा सहयोग पुग्ने र उपभोक्ताले प्रत्यक्ष रूपमा गुणस्तरीय अर्ग्यानिक फलफूल प्राप्त गर्ने अपेक्षा गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित