समाचार
काठमाडौँ उपत्यकामा असिनासहित वर्षा
मंगलवार दिउँसो काठमाडौँ उपत्यकामा एक्कासी भएको असिनासहितको भारी वर्षाले जनजीवन केही समयका लागि प्रभावित बनेको छ ।
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन २० गते २१:३९
७१
0
CommentsShares

काठमाडौँ । मंगलवार दिउँसो काठमाडौँ उपत्यकामा एक्कासी भएको असिनासहितको भारी वर्षाले जनजीवन केही समयका लागि प्रभावित बनेको छ ।
केही समयसम्म निरन्तर परेको पानीका कारण उपत्यकाका मुख्य सडक र तल्लो भेगमा जलमग्न अवस्था सिर्जना भएको हो । दिउँसोको समयमा एक्कासी परेको भीषण वर्षाले काठमाडौँका विभिन्न मुख्य सडक खण्डहरूमा पानीको बहाव बढेको छ ।
यसले गर्दा सवारी साधनहरूको आवतजावतमा कठिनाइ हुनुका साथै पैदल यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ । वर्षाका कारण केही स्थानमा ढल निकासको समस्या देखिएपछि सडकमा पानी जमेको छ ।
ट्राफिक प्रहरीले सडकमा पानीको सतह बढेका स्थानहरूमा उच्च सतर्कता अपनाउन र सवारी साधनको गति नियन्त्रणमा राख्न चालकहरूलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




