काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने
प्राधिकरणका अनुसार २०८३ मंसिर ३ गतेदेखि मंसिर १४ गतेसम्म विभिन्न स्थानमा बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि १४ गतेसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणले एक सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणका अनुसार २०८३ मंसिर ३ गतेदेखि मंसिर १४ गतेसम्म विभिन्न स्थानमा बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
तालिकाअनुसार मंसिर ३, ६ र ८ गते नैकापको बल्खु खोला पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर ४ गते लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र ५ गते स्युचाटार पुल क्षेत्रमा आपूर्ति रोकिनेछ।
मंसिर ७ गते कोटेश्वर–इमाडोल फिडरअन्तर्गत ईडीटीआर ९ र ९एमा आपूर्ति बन्द हुनेछ। कोटेश्वर फिडरअन्तर्गत मंसिर ९ गते ईडीटीआर २६ए र ४ तथा १२ गते ईडीटीआर ८ए र ८मा आपूर्ति रोकिनेछ।
मंसिर १० र १४ गते शिफल ग्राउन्डदेखि कालोपुलसम्म, ११ गते सतुङ्गलदेखि ढुङ्गे अड्डासम्म र १३ गते बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले मौसम प्रतिकूल भएमा उल्लिखित कार्यतालिका रद्द हुने पनि जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




