Logo
Logo
समाचार

काठमाडौँ फिल्म फेस्टिबल हेरिटेज रन सम्पन्न (तस्बिरसहित)

विश्व सम्पदा क्षेत्रको संरक्षण, संवर्द्धनन र अन्तर्राष्ट्रिय प्रवर्द्धननसँगै नागरिकहरूमा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले आयोजित १० हजार मिटर (१० किलोमिटर) लामो खुला दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको व्यापक उत्साहजनक सहभागिता रहेको थियो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ८ गते १६:२५
४२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आयोजनामा सञ्चालित ‘काठमाडौँ फिल्म फेस्टिबल हेरिटेज रन (सम्पदा दौड)’ आइतवार सम्पन्न भएको छ ।

विश्व सम्पदा क्षेत्रको संरक्षण, संवर्द्धनन र अन्तर्राष्ट्रिय प्रवर्द्धननसँगै नागरिकहरूमा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले आयोजित १० हजार मिटर (१० किलोमिटर) लामो खुला दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको व्यापक उत्साहजनक सहभागिता रहेको थियो ।कार्यक्रमको तालिकाअनुसार बिहान ५ बजेदेखि नै काठमाडौँको ऐतिहासिक वसन्तपुर डबलीमा खेलाडी, प्राविधिक तथा खेलप्रेमी महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो । बिहान ६ बजे काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले औपचारिक रूपमा ह्विप हर्न बजाएर १० किमी हेरिटेज रनको शुभारम्भ गरेकी थिइन् । ह्विप हर्न बजेसँगै सयौँ धावकहरू वसन्तपुर डबलीबाट काठमाडौँका ऐतिहासिक चोक तथा सम्पदा मार्गहरू परिक्रमा गर्न एकसाथ अघि बढेका थिए ।वसन्तपुर डबलीबाट सुरु भएको १० हजार मिटरको यात्रा प्राचीन काष्ठकलायुक्त मन्दिरहरू, परम्परागत बहाल, ऐतिहासिक दरबार क्षेत्र र मुख्य पर्यटकीय गल्लीहरू हुँदै नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप पुगेर टुङ्गिएको थियो । सम्पदा दौडले काठमाडौँको पुरातात्विक वैभवलाई खेलकुद पर्यटनसँग प्रत्यक्ष जोड्ने नयाँ दृष्टान्त प्रस्तुत गरेको छ । दौड पूरा गरी नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपको फिनिसिङ लाइनमा आइपुगेका सम्पूर्ण धावकहरूलाई काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले व्यवस्था गरिएको ६ वटा विशेष बुथबाट आधिकारिक ‘फिनिसिङ मेडल’ प्रदान गरेका थिए । सहभागी हरेक धावकको मनोबल उच्च राख्न महानगरले फिनिसिङ मेडलको चुस्त प्रवन्ध मिलाएको थियो ।दौडमा महिला तथा पुरुष दुवै विधाका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने उत्कृष्ट धावकहरूलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरिन् । प्रतियोगितामा दुवै विधातर्फ प्रथम हुने धावकलाई जनही नगद रु. ५० हजार (पचास हजार रुपैयाँ), द्वितीय हुनेलाई जनही नगद ३० हजार (तीस हजार रुपैयाँ) र तृतीय हुनेलाई जनही नगद २० हजार (बीस हजार रुपैयाँ) सहित पदक तथा प्रमाणपत्र प्रदान गरियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा अस्ट्रेलियाकी विश्वविख्यात पाराओलम्पियन धाविका क्याट्रिना वेबलाई विशेष नागरिक तथा खेलकुद सम्मान अर्पण गरियो ।एथलेटिक्सतर्फ लगातार तीनवटा पारालिम्पिक खेलकुदमा स्वर्ण, रजत र काँस्य पदक जित्न सफल क्याट्रिना अन्तर्राष्ट्रिय वक्ता, नेतृत्व तथा व्यक्तिगत निपुणता परामर्शदाताका साथै निरोगिता र लचिलोपन विषयकी विशिष्ट प्रशिक्षक तथा फिजियोथेरापिस्ट हुन् । कार्यवाहक प्रमुख सुनिता डंगोलले उनलाई नेपाली परम्परा अनुसार माला, खादा र सम्मान पत्र प्रदान गरेकी थिइन् । सो अवसरमा नेपाली खेलकुद क्षेत्रका दुई जीवित किंवदन्ती–१३ औँ दक्षिण एशियाली खेलकुदमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण पदक जितेकी तथा २०२४ को पेरिस ओलम्पिकमा म्याराथन सहभागिता जनाएकी ‘गोल्डेन गर्ल’ सन्तोषी श्रेष्ठ, र सन् १९८८ सोल तथा १९९२ बार्सिलोना ओलम्पिकमा देशको गौरव बढाउनुका साथै विश्वकै सर्वाधिक उचाईमा हुने एभरेस्ट म्याराथनमा ३ पटक विजेता बनेर विश्व कीर्तिमान राखेका धावक हरिबहादुर रोकायाको उपस्थिति रहेको थियो । उनीहरूले युवा धावकहरूलाई उत्साह र प्रेरणा प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित