समाचार
कास्कीमा भारी वर्षा, २४ घण्टामा ६० मिलिमिटर मापन
मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको मालेपाटन केन्द्रमा ६० मिलिमिटर वर्षा मापन भएको छ ।
त
तिलिचो न्यूज संवाददाता२०८३ आश्विन २१ गते १४:४८
४६
0
CommentsShares

काठमाडौं । कास्कीमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको मालेपाटन केन्द्रमा ६० मिलिमिटर वर्षा मापन भएको छ । यसलाई भारी वर्षा भएको मानिन्छ । यस्तै, कास्कीकै पोखरा स्टेशनमा ४७.४ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाका अनुसार काठमाडौं, ललितपुर, चितवन, काभ्रेसहित देशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । आज पनि केही स्थानहरुमा भारीदेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




