समाचार
कार्कीको रिटमा कारण देखाऊ आदेश, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्ष बोलाइए
त
तिलिचो न्यूज संवाददाता२०८३ मंसिर २ गते २०:५४
४६
0
CommentsShares

काठमाडौँ । प्रहरी महानिरीक्षक पदमा पुनर्बहालीको माग गर्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
अदालतले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्काल अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । इजलासले कार्कीलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली किन नगर्ने भन्नेबारे लिखित जवाफ पेस गर्न सरकारलाई भनेको छ ।
अदालतको आदेश सार्वजनिक हुन बाँकी छ । सबै विपक्षीले लिखित जवाफ पेस गरेपछि सर्वोच्चले रिटको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




