कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद, चालक फरार
मकवानपुरको भीमफेदी गाउँपालिका-२ भैँसेस्थित चेकपोस्टबाट प्रहरीले ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ। गाँजा बरामद भए पनि कार चालक भने फरार भएका छन्।

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका-२ भैँसेस्थित चेकपोस्टबाट प्रहरीले ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ। गाँजा बरामद भए पनि कार चालक भने फरार भएका छन्।
गएराति करिब १:४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बा ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले रोकेको थियो। चेकजाँचका क्रममा चालकले कारको डिकीमा केही नरहेको बताएपछि प्रहरीलाई शंका लागेको थियो। त्यसलगत्तै चालक फरार भएपछि प्रहरीले डिकी खोलेर जाँच गर्दा साना–ठूला गरी गाँजाका ९ वटा पोका फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल गर्दा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको छ।
फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको कार र गाँजालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




