Logo
Logo
समाचार

‘कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ’ : सभामुख अर्याल

आज पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुगेका उनले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने जानकारी दिए।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १ गते ०१:५४
३९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताएका छन् । आज पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुगेका उनले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने जानकारी दिए।

“तीनै तहका सरकारसँग आवश्यक सहकार्य र समन्वय गरेर कानुनले गरेको व्यवस्थापछि पनि थप के हुन्छ, छलफलबाट निर्णय लिनेछौँ । उचित राहतको कानुनी व्यवस्था छैन भने पनि अन्य निकायबाट मिलाउन पहल गर्नेछौँ”, सभामुख अर्यालले भने ।

पीडित परिवारका बालबालिकाको उच्च शिक्षासम्मको पठनपाठनको जिम्मा र लालनपालनको व्यवस्थामा सरकारले स्पष्ट पहल गर्ने सभामुख अर्यालले प्रतिबद्धता व्यक्त गरे। उनले शोकसन्तप्त परिवार र आफन्तप्रति समवेदनासमेत प्रकट गर्दै यस विषम घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित यस्ता दुर्घटना नियन्त्रणका लागि सरकारको तर्फबाट ठोस् कदम चाल्ने बताए ।

बिहीबार छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको रिजर्भ विद्युतीय गाडी भिमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटना भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको गाडीमा सवारमध्ये यस गाउँका १३ जनाको मृत्यु भएको थियो । 

घाइते भएका छमध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन् । बाँकीको उपचार भइरहेको छ ।  भेटमा सभामुख अर्यालसँग पीडित परिवारले घटनाको विवरणसहित उचित राहतको पहल गरिदिन आग्रह गरो थिए । अभिभावक गुमाएका बालबालिका र घरको एक मात्र सहारा गुमाएका आश्रित परिवार घटनापछि बिचल्लीमा परेका उनीहरूको गुनासो थियो । 

गाउँपालिकाका अध्यक्ष कृष्ण यादवले मृतकको दाहसंस्कार खर्च स्वरुप पालिकाले जनही रु ५० हजारका दरले सहयोग प्रदान गरेको बताए । 

सभामुख अर्यालसँगै सर्लाही क्षेत्र नम्बर-१ की सांसद नीतिमा कार्की, २ का सांसद रविन महतो, ३ नम्बर क्षेत्रका सांसद नरेन्द्र साह कलवार, सांसद रहवर अन्सारी, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलगायत पीडित परिवार भेट्न सुन्दरपुर गाउँ पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित