काँग्रेसले १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहसँग माग्यो हल
काँग्रेसले असोज १५ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ

काठमाडौँ। नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशन सञ्चालनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी हलसहितका संरचना उपलब्ध गराउन आग्रह गर्दै पत्राचार गरेको छ।
काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहलाई पत्र पठाउँदै महाधिवेशनका कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक स्थान बुकिङ गरिदिन अनुरोध गरेका हुन्।
काँग्रेसले असोज १५ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको पत्रमा उल्लेख छ। महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ देखि २० गतेसम्म राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ क्षेत्र र बगैँचा उपलब्ध गराउन काँग्रेसले माग गरेको छ।
महाधिवेशनका लागि आवश्यक भौतिक पूर्वाधार तथा कार्यक्रम स्थल व्यवस्थापन गर्ने प्रक्रियाअन्तर्गत काँग्रेसले सभागृहसँग औपचारिक रूपमा स्थान माग गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



