Logo
Logo
समाचार

काँग्रेसको विधान संशोधन: केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ । संशोधित विधानले पार्टीको केन्द्रिय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २० गते ०३:२७
५५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ । संशोधित विधानले पार्टीको केन्द्रिय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो ।

समावेशी प्रतिनिधित्व, युवाहरूको सहभागिता र पेसागत क्षेत्रका विज्ञहरूलाई पार्टीको नीति निर्माण तहमा समेट्ने गरी ल्याइएको यो संशोधनले काँग्रेसलाई थप संगठित र जिम्मेवार बनाउने पार्टीका प्रवक्ता देवराज चालिसेले बताए । 

काँग्रेसले आफ्नो विधानलाई समयसापेक्ष बनाउँदै सांगठनिक संरचनालाई थप विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार केन्द्रिय कार्यसमितिमा सभापतिबाहेक वरिष्ठ उपसभापतिसहितका पदाधिकारीको व्यवस्था गरिएको छ । 

महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका समुदायलाई नेतृत्वमा स्थापित गर्न क्लस्टरगत आरक्षणको व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ ।

नयाँ विधानको अर्को मुख्य विशेषता ३५ वर्षमुनिका २१ जना युवाहरूलाई अनिवार्य रूपमा केन्द्रिय समितिमा स्थान दिनु हो । यसका साथै, पेशागत क्षेत्रका विज्ञहरू (इन्जिनियर, चिकित्सक, पत्रकार, प्राध्यापक आदि) लाई समेत कोटा निर्धारण गरी ७ जनालाई केन्द्रिय समितिमा स्थान दिइएको छ । प्रवासमा रहेका नेपालीहरूको भूमिकालाई उच्च मूल्यांकन गर्दै जनसम्पर्क समितिबाट पनि ७ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । 

प्रवक्ता चालिसेका अनुसार केन्द्रिय कार्यसमितिमा सभापतिबाट ६६ जना मनोनीत हुनेछन् । यति ठूलो संख्याको केन्द्रिय समिति बनाउनुको अर्थ ‘कार्यक्षेत्र विस्तार’ गरेको उनले स्पष्ट पारे । 

यसअघि अधिवेशनको बन्द सत्रमा कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पनि पारित भएको छ । मितव्ययी ढंगले अधिवेशन सम्पन्न भइरहेको दाबी गर्दै प्रवक्ता चालिसेले पार्टी सदस्यहरूको सहयोग र सक्रियताले नै काँग्रेसले यति ठूलो कार्यक्रम थोरै खर्चमा सम्पन्न गर्न सकेको बताए । विधान पारित भएसँगै अब निर्वाचन प्रक्रिया अगाडि बढ्ने मार्ग प्रशस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित