Logo
Logo
समाचार

कांग्रेसको प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा

नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिर मसान्तसम्म गरिसक्ने तर, मिति केन्द्रीय कार्यसमितिको बैठकबाट टुङ्गो लगाउने जानकारी दिए ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ११ गते १६:४१
३९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा हुने भएको छ । नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न बाँकी जिल्ला र प्रदेश अधिवेशन मंसिर मसान्तसम्म गरिसक्ने तर, मिति केन्द्रीय कार्यसमितिको बैठकबाट टुङ्गो लगाउने जानकारी दिए ।

‘बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा गरिसक्छौँ । मिति भने टुङ्गो लागेको छैन,’ महामन्त्री राणाले रातोपाटीसँग भने,’ भोलि (बिहीबार) नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ छ । शपथपछि केन्द्रीय कार्यसमितिको बैठक बसेर मिति तय गछौँ । त्यो छठ पछि लगत्तै पनि हुन सक्छ । मङ्सिरको अन्तिममा पनि हुन सक्छ । केन्द्रीय समितिको बैठकबाट निर्णय हुन्छ ।’

गत असोज १८ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गरेको कांग्रेसले त्यो बेला जिल्ला र प्रदेश अधिवेशन बाँकी राखेर मातहतका अरू अधिवेशन मात्रै गरेको थियो । वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरिएको थियो ।

केन्द्रको महाधिवेशनका लागि आवश्यक पर्ने अधिवेशन गरेर नपर्ने अधिवेशनलाई समयको चापका कारण कांग्रेसले महाधिवेशन पछिका लागि राखेको थियो ।

एउटा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ भने बाँकी ४२ जिल्लामा अधिवेशन गर्न बाँकी छ । निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिने भएकाले एउटा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन गरिएको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले नवनिर्वाचित केन्द्रीय समितिले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गर्ने जानकारी दिए । तर अधिवेशनको समय मङ्सिरभन्दा पर नजाने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित