Logo
Logo
समाचार

कांग्रेसको महाधिवेशन सार्ने तयारी

उनले भने, ‘बाढीपहिरो जनजीवन प्रभावित भएपछि हाम्रो राजनीतिक कार्यक्रमलाई पनि प्रभाव पारेको छ, क्षेत्रीय अधिवेशन सकिएका छैनन्। त्यसैले भोलि जिल्लाजिल्लाको वस्तुस्थिति अध्ययन गरेर निर्णय गर्छौँ, सम्भवत भोलि नयाँ सूचना आउँछ।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १२ गते २३:५३
९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको मिति केही दिन पर धकेल्ने तयारी गरेको छ। मौसमको कारण क्षेत्रीय अधिवेशन समेत प्रभावित भएकाले महाधिवेशन सार्ने तयारी गरेको हो।

कांग्रेस कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटनको तयारी गरेको थियो।

मौसमको कारणले जनजीवन प्रभावित भएकाले महाधिवेशनको मितिबारे केही दिन पर सार्नसक्ने प्रवक्ता देवराज चालिसेले बताए।

उनका अनुसार महाधिवेशनको मितिबारे भोलि शीर्ष तहमा छलफल हुँदैछ।

उनले भने, ‘बाढीपहिरो जनजीवन प्रभावित भएपछि हाम्रो राजनीतिक कार्यक्रमलाई पनि प्रभाव पारेको छ, क्षेत्रीय अधिवेशन सकिएका छैनन्। त्यसैले भोलि जिल्लाजिल्लाको वस्तुस्थिति अध्ययन गरेर निर्णय गर्छौँ, सम्भवत भोलि नयाँ सूचना आउँछ।’

उनले पार्टीको विधान र अदालतको आदेशलाई मध्यनजर गरेर निर्णय लिने बताए। बढीमा एक साताभन्दा पर नधकेल्नेगरी छलफल भइरहेको जनाईएको छ।

उता पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिरमा गर्नेगरी समानान्तर महाधिवेशनको तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित