Logo
Logo
समाचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई ४ बुँदे कडा आचारसंहिता, उल्लंघन गरे कारबाहीको चेतावनी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विभिन्न पदमा उम्मेदवार हुनेहरूलाई आचारसंहितामा कडाइ गरेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १६ गते २१:४५
४७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विभिन्न पदमा उम्मेदवार हुनेहरूलाई आचारसंहितामा कडाइ गरेको छ।

राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै कडा आचारसंहिता बनाएको केन्द्रीय निर्वाचन समितिको सदस्य सचिव राजु कटुवालले बताए।

आचारसंहिताको पूर्ण पालना गरी विपद्को घडीमा देश र जनताप्रतिको दायित्व बोध गर्दै १५ औँ महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गराउन सम्पूर्ण आदरणीय नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई अपिल गरेको छ। निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा नियमानुसार कारबाही हुने चेतावनी दिएको छ।

यी हुन् चार आचारसंहित(

१. तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्ण

रोक, विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

२. प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण

प्रतिबन्ध, महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

३. महाधिवेशन स्थल बाहिर प्रचारप्रसार गर्न

नपाइने, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न सख्त मनाही गरिएको छ ।

४. डिजिटल तथा प्रविधिमैत्री प्रचारप्रसार मात्र

अनुमति, उम्मेदवारहरूले आफ्ना एजेन्डा र उम्मेदवारी सम्बन्धी विवरण केवल डिजिटल माध्यम (सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यम) बाट मात्र सम्प्रेषण गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित