Logo
Logo
समाचार

कांग्रेस महाधिवेशनमा रवि, ओली, प्रचण्डको सम्बोधन तय : अरु को-को आउँदै ?

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई रास्वपाका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १६ गते २२:५७
४५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई रास्वपाका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

लामिछानेसहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।

उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टी महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको छ ।

अन्तर्राष्ट्रिय अतिथिहरूमा सोसलिष्ट इण्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेको उनले बताए। अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता सुनिश्चित हुने क्रम जारी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित