Logo
Logo
समाचार

काँग्रेस महाधिवेशन: सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सोमवार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १७ गते २१:५९
५०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सोमवार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ ।

शनिवार काँग्रेसको महाधिवेशन स्थल खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् । उम्मेदवारी दर्तापछि निर्वाचन आयोगले मतदानको समय निर्धारण गर्ने उनले बताए । उनले उम्मेदवारी दर्ता अगाडी विधान संशोधन गर्ने प्रस्ताव बन्द सत्रमा लैजाने र नयाँ विधानअनुसार उम्मेदवारी दर्ता हुने जानकारी दिए । उम्मेदवारी मनोनयनअघि नै काँग्रेसको विधान संशोधन प्रक्रिया टुङ्ग्याइने उनको भनाई छ ।

काँग्रेसले विधान संशोधन गरी केही पदाधिकारी थप गर्ने तयारी गरेको छ । विधानले पार्टीका विभिन्न पदको संख्या तथा संरचनामा परिवर्तन गर्न सक्ने भएकाले उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या महाधिवेशनबाट पारित हुने व्यवस्थाअनुसार निर्धारण हुने उनको भनाइ छ ।

उनले भने, ‘सोमवार २ बजेदेखि ६ बजेसम्म हामीले उम्मेदवारीको मनोनयन गर्ने समय तालिका मिलाएका छौँ र यो सकिसकेपछि मतदानको कार्यक्रम त्यसपछि हुने निर्वाचन आयोगले निर्धारण गर्नेछ । उम्मेदवारीको नामाङ्कन गर्ने समय भन्दा हामीले विधानको संशोधन गरिसक्छौँ । विधानले केही पदहरू परिवर्तन गर्ने, केही थप्ने, केही घटाउने कहाँ–कहाँ के–के सुधार गर्ने सर्वाधिकार हलले राख्छ । प्रस्ताव गर्ने केन्द्रीय समितिको अधिकार हो, प्रस्ताव केन्द्रीय समितिले राख्छ । त्यसको लागि महामन्त्रीजीको संयोजकत्वमा विधान संशोधन समिति गठन भएको छ । त्यो संशोधन समितिले पेस गरेको प्रस्तावमा केन्द्रीय समितिले छलफल गर्छ र त्यो अन्तिम रूप दिइसकेपछि हलमा हामीले त्यसलाई निर्णयार्थ प्रस्तुत गर्छौँ । टुंगिएको जुन संख्या हुन्छ, पदाधिकारीको संख्या । त्यसैको आधारमा मनोनयन दाखिल हुन्छ ।’

चालिसेकाअनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । उनले यो संख्या काँग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको दाबी गरे । मतदान राष्ट्रिय सभा गृह, नेपाल प्रज्ञा–प्रतिष्ठान र महाधिवेशन उद्घाटन हुने हल गरी तीन स्थानमा हुनेछ । भूगोलका आधारमा प्रतिनिधिहरूलाई मतदान केन्द्र तोकिनेछ । मतदान भने ब्याटलेमार्फत हुने र मतगणना पार्टी कार्यालयमा गर्ने तयारी रहेको चालिसेले जानकारी दिए ।

महाधिवेशनको मिति सर्दा विदेशी पाउन आउन सकेनन्

महाधिवेशनको मिति परिवर्तन हुँदा काँग्रेसको महाधिवेशनमा विदेशी पाउन उपस्थित हुने नसक्ने भएका छन् । यसअघि १६ गते उद्घाटन गर्ने तय भए पनि महाधिवेशनको मिति परिवर्तन भएपछि विदेशी पाहुनाको निर्धारित कार्यक्रम प्रभावित भएको प्रवक्ता चालिसेले जानकारी दिए । उनकाअनुसार केही पाउन भने आएर पनि फर्केका छन् भने केहीले शुभकामना सन्देश पठाएका छन् । महाधिवेशनमा सहभागी हुन विभिन्न देश तथा दलबाट सन्देश प्राप्त भएको र ती सन्देश उद्घाटन कार्यक्रममा वाचन गरिने उनले बताए । काँग्रेसले महाधिवेशनपछि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारीसमेत गरेको चालिसेले बताए । वैचारिक समानता तथा अन्तर्राष्ट्रिय भाइचारामा विश्वास गर्ने विभिन्न राजनीतिक दललाई सहभागी गराएर सम्मेलन आयोजना गर्ने उनको भनाइ छ । नेपाल राजनीतिक दलहरू भने सबैलाई महाधिवेशनमा सहभागिताका लागी निमन्त्रण पठाइएको उनले जानकारी दिए ।

उनले भने, ‘एक थरी पाहुना आएर पनि फर्किनुभयो । हाम्रो डेट १६ गतेको थियो। हामीले १८ गते सार्‍यौँ । यो हाम्रो परिस्थिति हो । तर अरूको परिस्थिति हाम्रो जस्तो नहुन सक्छ । उनीहरूको फिक्स डेट टाइम हुन्छ ।’

अझै देउवाबाट महाधिवेशन उद्घाटन गर्ने चाहना

महाधिवेशन उद्घाटन नेपाली काँग्रेसका पूर्व सभापति तथा निवर्तमान सभापति शेरबहादुर देउवाबाट गराउने इच्छा पार्टीले राखेको प्रवक्ता चालिसेले बताए । काँग्रेसको परम्पराअनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापतिले गर्ने भए पनि यस पटक पूर्व सभापति देउवालाई उद्घाटनका लागि आग्रह गरिएको उनले बताए । उक्त आग्रह स्वीकार गर्ने वा नगर्ने विषय देउवाको निर्णयमा निर्भर रहने उनको भनाई छ ।

उनले भने, ‘नेपाली काङ्ग्रेसको परम्परामा यो पार्टीको अधिवेशनको उद्घाटन पार्टी सभापतिले नै गर्ने प्रचलन छ । यद्यपि यस पटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउवाबाट गरिदिनुभयो भने हामी सबैलाई त्यसले धेरै ठुलो सम्मान हामीले अनुभव गर्नेछौँ । किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गराऔँ भन्ने हाम्रो इच्छा हो । त्यो इच्छा अनुरोधको रूपमा छ । तर अनुरोधलाई के गर्ने भन्ने कुरा उहाँको त्यो व्यक्तिगत कुरा रह्यो । पार्टीको परम्परामा पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो ।’

महाधिवेशनलाई व्यवस्थित बनाउनको लागी हाल व्यवस्थापनको काम भइरहेको उनले बताए । महाधिवेशनको व्यवस्थापनका क्रममा राष्ट्रिय सभा गृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । ठूला बसका लागि माइतीघर–भद्रकाली खण्डमा पार्किङको व्यवस्था मिलाइएको उनले बताए । साथै महाधिवेशनको बारेमा जानकारी दिन मिडिया सेन्टर स्थापना गरिएको उनको भनाई छ । मिडिया सेन्टरबाट दिनमा दुई पटक महाधिवेशनका बारेमा जानकारी गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित