Logo
Logo
राजनिती

कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना भोलि बिहानदेखि

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २६ गते २०:५८
७३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य (प्रत्यक्ष, खुला) पदको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार खुलातर्फका केन्द्रीय सदस्य पदको मतपत्र नम्बर ४ को मतगणना भोलि बिहान ८ बजेदेखि सुरु गर्न लागिएको हो।

मतगणना ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा हुनेछ।

निर्वाचन समितिले जारी गरेको सूचनामा केन्द्रीय सदस्य पदका उम्मेदवारको हकमा मतगणनास्थलमा उम्मेदवार स्वयं बाहेक अन्य प्रतिनिधिलाई प्रवेश गर्न नदिइने व्यवस्था गरिएको उल्लेख छ।

समितिका सदस्यसचिव राजु कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत उक्त जानकारी गराइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित