Logo
Logo
समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक : असोज २२ गते मतदान

निर्वाचन समितिले आज निर्वाचन कार्यक्रम तथा कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार भाेलि असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १९ गते ०२:५७
५०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले आज निर्वाचन कार्यक्रम तथा कार्यतालिका प्रकाशन गरेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार भाेलि असोज १९ गते बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । भाेलि बेलुका ५ देखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध गर्न सकिनेछ । दाबी विरोधउपर ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारीका लागि दरखास्त तथा मनोनयनपत्र दर्ता असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिउँसो ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको दरखास्तउपर ४ः३० देखि ५ः३० बजेसम्म दाबी विरोध र ५ः३० देखि ६ः३० बजेसम्म त्यसउपर जाँचबुझ गरिनेछ ।

उम्मेदवारको दोस्रो नामावली असोज २० गते बेलुका ७ बजे प्रकाशन हुनेछ । असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ । त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारलाई सोही दिन दिनभर प्रचारप्रसारका लागि समय दिइनेछ ।

असोज २२ गते बिहान ७ः३० बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, खुलामञ्च र प्रज्ञा भवन कमलादीमा तोकिएका केन्द्रमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित