Logo
Logo
समाचार

कांग्रेस काठमाडौँ महानगरको सभापतिमा इन्जिनियर वैद्य निर्वाचित

कांग्रेसको १५ औँ महाधिवेशनबुधबार सम्पन्न महानगर अधिवेशनमा वैद्य निर्विरोध काठमाडौँ महानगर सभापतिमा निर्वाचित भएका हुन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ८ गते ०१:०९
७२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका सभापतिमा इन्जिनियर सुसन वैद्य निर्वाचित भएका छन्।

कांग्रेसको १५ औँ महाधिवेशनबुधबार सम्पन्न महानगर अधिवेशनमा वैद्य निर्विरोध काठमाडौँ महानगर सभापतिमा निर्वाचित भएका हुन्।

पेसाले आर्किटेक्ट इन्जिनियर रहेका उनी यसअघि काठमाडौँ महानगरको सचिव थिए। २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए। त्योबेला प्रहरीले चलाएको गोली लागेर उनी घाइतेसमेत भएका थिए।

वैद्य नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रतिनिधित्व गर्दै थापाथली इन्जिनियरिङ क्याम्पसमा २०५५ सालमा स्ववियु उपसभापतिमा विजयी बनेका थिए।

त्यसपछि उनी नेविसंघको काठमाडौँ जिल्लामा विभिन्न समयमा जिल्ला सदस्य, सहससचिव, उपाध्यक्ष हुँदै काम गरेका थिए।

नेपाल इन्जिनियरिङ एसोसिएसनमा ३१ औं कार्यकारीणी समिति सदस्य र ३३ औं कार्यकारीणी समितिमा कोषाध्यक्ष निर्वाचित भइ काम गरेको अनुभवसमेत उनीसँग छ।

नेपाली कांग्रेसको १२ औं र १३ औं महाधिवेशबाट काठमाडौँ जिल्ला सदस्य निर्वाचित भएका उनी १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगर सचिव पदमा अत्याधिक मतले निर्वाचित भएका थिए।

उनी २०७९ सालमा काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारका रुपमा पार्टीबाट सिफारिसमासमेत परेका थिए भने २०८२ सालमा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं ६ को प्रत्यक्षतर्फ प्रतिनिधिसभा उम्मेदवारका लागि समेत उनको नाम सिफारिस भएको थियो।

त्यस्तै महानगरको उपसभापतिमा शिवनारायण श्रेष्ठ, महिला उपसभापतिमा पम्फा भट्टराई, सचिवमा पंचनारायण महर्जन र सहसचिवमा रमेश महर्जन निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित