Logo
Logo
समाचार

जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा सात जना पक्राउ

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ११ गते २३:१२
१४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सेवाग्राहीलाई दुःख हैरानी दिने गरेको जनगुनासोका आधारमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब २ः३० बजे जिल्ला प्रशासन कार्यालयबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गेरादह नगरपालिका–७ घर भई सोही स्थान बस्ने ५० वर्षीय गोपालबहादुर बिष्ट र स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई काठमाडौँको सानो भर्‍याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन् ।

त्यसैगरी काठमाडौँ महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुर इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ घर भई काठमाडौँको शङ्खमूल बस्ने ५७ वर्षीय स्वयम् कृष्ण निरौला पनि नियन्त्रणमा परेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित