Logo
Logo
समाचार

जेनजी दिवसको कार्यक्रमबाट जेन्जी घाइते नै निकालिए, गृहमन्त्रीविरुद्ध बोलेपछि प्रहरी नियन्त्रणमा

जेन्जी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमका दौरान होहल्ला गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । परिचय नखुलेका उनी जेन्जी आन्दोलनका घाइते हुन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २३ गते १८:२३
३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । जेन्जी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रमका दौरान होहल्ला गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । परिचय नखुलेका उनी जेन्जी आन्दोलनका घाइते हुन् ।

नयाँ बानेश्वर संसद भवन अगाडि आयोजित कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ र अन्य केही उपस्थित छन् । कार्यक्रममा दौरान एक जेन्जी शहिदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश पोखेकी थिइन् । केही भोलेन्टियरहरू आएर उनलाई चुप लाग्न भनेका थिए ।

त्यसपछि ती युवकले महिलालाई साथ दिँदै उनले बोल्न पाउनुपर्ने बताए । युवकले पनि गृहमन्त्रीको आलोचना गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई भ्यानमा राखेर लगिएको थियो । ती युवकले आफू जेन्जी आन्दोलनको घाइते भएको गोली लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित