Logo
Logo
समाचार

जेन जेड आन्दोलनले देखाएको मार्गबाट पछि नहट्ने रविको प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन जेड आन्दोलनले अघि सारेका नागरिक अधिकार, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र समतामूलक समृद्धिका एजेन्डाबाट आफ्नो पार्टी पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २३ गते १८:०९
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन जेड आन्दोलनले अघि सारेका नागरिक अधिकार, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र समतामूलक समृद्धिका एजेन्डाबाट आफ्नो पार्टी पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेन जेड शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले एक वर्षअघि भएको आन्दोलनलाई नयाँ राजनीतिक जागरणको रूपमा व्याख्या गरेका हुन्। उनले लामो समयदेखि कायम भ्रष्टाचार, राजनीतिक भागबन्डा, संस्थागत कमजोरी, नागरिक अधिकारमाथिका नियन्त्रण तथा अवसरको अभावले सिर्जना गरेको निराशाका कारण युवा पुस्ता सडकमा आउनुपरेको बताएका छन्।

आन्दोलनका क्रममा भएको मानवीय क्षतिलाई स्मरण गर्दै लामिछानेले परिवर्तनको माग राखेर सडकमा उत्रिएका युवाले ज्यान गुमाउनु अत्यन्त पीडादायी भएको उल्लेख गरेका छन्। उनले भदौ २३ र २४ गते भएका घटनाबाट भविष्यमा त्यस्तो अवस्था दोहोरिन नदिनुपर्नेमा जोड दिएका छन्।

नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजका लागि आवाज उठाउने क्रममा जीवन गुमाएका आन्दोलनकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि सम्मान व्यक्त गरेका छन्। आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत उनले गरेका छन्।

लामिछानेले राजनीतिप्रति उदासीन भनिएको युवा पुस्ता सडकमा आएर स्थापित राजनीतिक अभ्यासप्रति असहमति व्यक्त गरेको बताए। उनका अनुसार जेन जेड आन्दोलनले उठाएका प्रश्नकै कारण वैकल्पिक राजनीतिक शक्तिलाई थप जिम्मेवार बन्ने अवसर प्राप्त भएको हो।

आन्दोलनपछि रास्वपा सत्तामा पुगेको सन्दर्भ उल्लेख गर्दै उनले सडकबाट युवाहरूले उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले आफ्नो पार्टीसामु आएको बताएका छन्। साथै, भविष्यमा फेरि नागरिकले सरकार तथा राजनीतिक दलसँग जवाफ माग्ने अवस्था आउने भएकाले निरन्तर खबरदारी र कार्यसम्पादनको समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

लामिछानेले युवा, नागरिक समाज तथा आम नागरिकलाई सरकार र राजनीतिक दलका कामप्रति रचनात्मक निगरानी कायम राख्न आग्रह गरेका छन्। नागरिक असन्तुष्टिलाई निराशाको स्थायी मनोविज्ञानमा परिणत हुन नदिई त्यसलाई राष्ट्र निर्माणको ऊर्जामा बदल्नुपर्ने उनको धारणा छ।

जेन जेड आन्दोलनले अघि सारेको परिवर्तनको आकांक्षालाई संस्थागत गर्ने क्रममा विधिको शासन, समानतामा आधारित समृद्धि र राष्ट्रिय स्वाभिमानलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउने उल्लेख गर्दै लामिछानेले आन्दोलनले देखाएको बाटोबाट आफूहरू पछि नहट्ने दृढता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित