Logo
Logo
समाचार

जटिल प्रसूति समस्यामा परेकी डोल्पाकी गर्भवती महिलाको मन्त्रालयको हवाई उद्धार कार्यक्रममार्फत उद्धार

दुर्गम तथा विकट क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याई सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १७ गते २१:५५
३७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत डोल्पाकी एक महिलाको उद्धार गरिएको छ।

डोल्पा जिल्लाको छार्काताङसोङ गाउँपालिका-४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक परेको थियो। भौगोलिक विकटताका कारण स्थानीय स्तरमा आवश्यक उपचार सम्भव नभएपछि कात्तिक १७ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पुर्‍याइएको हो।

दुर्गम तथा विकट क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याई सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यस कार्यक्रमले यातायात तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका दुर्गम क्षेत्रका महिलालाई आपत्कालीन अवस्थामा जीवनरक्षक स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुर्‍याउँदै आएको छ।

महिला तथा नवजात शिशुको जीवन रक्षा र सुरक्षित मातृत्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको यस कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित