Logo
Logo
कला र शैलि

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

“विभिन्न विधाका वाद्यवादक र प्राविधिक समेटेर लोकसङ्गीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान जन्मथलोबाटै सुरु गरेको छु,” उनले भने, “अहिलेलाई १४ वर्षदेखि देखेको सपना पूरा भएको छ ।” अबका साङ्गीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको प्रत्यक्ष वाद्यवादनसहित हुने उनले जानकारी दिए । ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजाको प्रवर्द्धन गर्ने उनको लक्ष्य छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २८ गते १२:५६
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक समूह (ब्यान्ड) को सुरुआत गरेका छन् । बेनीस्थित खुलामञ्चमा म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा दुतराजको ‘दुतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक गरिएको हो ।

मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएका र सदरमुकाम बेनीमा हुर्किएका दुतराजले नेपालमै पहिलो पटक लोकसङ्गीत साङ्गीतिक समूह बनाएको दाबी गरे । “विभिन्न विधाका वाद्यवादक र प्राविधिक समेटेर लोकसङ्गीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान जन्मथलोबाटै सुरु गरेको छु,” उनले भने, “अहिलेलाई १४ वर्षदेखि देखेको सपना पूरा भएको छ ।”

अबका साङ्गीतिक प्रस्तुति ट्रयाकभन्दा पनि ब्यान्डको प्रत्यक्ष वाद्यवादनसहित हुने उनले जानकारी दिए । ब्यान्डमार्फत संसारभर नेपाली मौलिक बाजाको प्रवर्द्धन गर्ने उनको लक्ष्य छ । दुतराजको नेतृत्वमा रहेको समूहमा वाद्यवादकसहित १२ जना कलाकार छन् । ब्यान्डले छिट्टै देशव्यापी साङ्गीतिक यात्रा (नेपाल टुर) गर्ने तयारी गरेको छ ।

कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद दुतराजको प्रस्तुति हेर्न म्याग्दीका साथै छिमेकी बागलुङ र पर्वतबाट ठूलो सङ्ख्यामा दर्शक बेनी पुगेका थिए । प्रस्तुतिअघि विगतका सङ्घर्षका दिन सम्झिँदै दुतराजले दर्शक तथा शुभचिन्तकसँग निरन्तर सहयोगको अपेक्षा गरे । आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले विपन्न पृष्ठभूमिबाट आएका दुतराजको सङ्घर्ष र सफलता प्रेरणादायी रहेको बताए ।

कार्यक्रमका अवसरमा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई सम्मान गरिएको थियो । दुतराजका ‘मनमाया’, ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’, ‘ऐना झ्यालैमा’ लगायतका लोकगीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित