Logo
Logo
राजनिती

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

त
तिलिचो न्यूज
२०८३ भदौ १ गते ०३:३१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने रु राष्ट्रिय बहस १’ विषयक कार्यक्रममा महासचिव पोखरेलले जनमत आफूहरूबाट टाढिनुको कारण पहिचान गरी त्यसको गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार हुँदाहुँदै पनि सरकारबाट अपदस्थ हुनुपरेको यथार्थलाई गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्ने धारणा राखे ।

“कम्युनिष्ट पार्टीकै नेतृत्व रहेको बेला सरकारबाट अपदस्थ हुनुपरेको छ, यो यथार्थलाई गम्भीर समीक्षा नगरी वामपन्थी आन्दोलनलाई पुनर्गठन गर्न सम्भव छैन”, उनले भने।

महासचिव पोखरेलले नेपालमा वामपन्थी आन्दोलनले लामो समयदेखि राजनीतिक नेतृत्व गर्दै आए पनि पछिल्लो समय कमजोर हुँदै जानु सामान्य विषय नभएको बताए ।

उनका अनुसार नेपालमा वामपन्थी आन्दोलनले छ प्रधानमन्त्री र २१ मुख्यमन्त्री जन्माइसकेको छ । यस्तो राजनीतिक प्रभाव भएको आन्दोलन कमजोर हुनुको कारण खोजी गर्नुपर्ने उनको भनाइ थियो ।

“नेपालको कम्युनिष्ट आन्दोलन सामान्य थिएन”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले विगतका राजनीतिक अभ्यास, जनतासँगको सम्बन्ध तथा जनमतमा आएको परिवर्तनको वस्तुनिष्ठ समीक्षा गरेर मात्रै वामपन्थी आन्दोलनलाई नयाँ आधारमा पुनर्गठन गर्न सकिने बताए ।

कार्यक्रममा नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल, नेकपाका नेता शक्तिबहादुर बस्नेत, एमाले नेता कर्ण थापा, राष्ट्रियसभाका सदस्य गणेश विकलगायत नेताहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित