Logo
Logo
समाचार

जनकपुरधाममा छठको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

जनकपुरधाममा छठ पर्वको उल्लास छाएको छ । छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २९ गते १८:४२
४६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । जनकपुरधाममा छठ पर्वको उल्लास छाएको छ । छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छन् ।

यसका लागि जनकपुरधामका विभिन्न पोखरी, तलाउ तथा जलाशयहरूलाई आकर्षक रूपमा सजाइएको छ। घाटहरूमा पूजाका सामग्री, फलफूल र घरमै तयार पारिएका परिकारसहित व्रतालु तथा श्रद्धालुहरूको चहलपहल बढेको छ ।

मैथिली संस्कृति र परम्परासँग गहिरो सम्बन्ध रहेको छठ पर्वलाई श्रद्धा, आस्था र शुद्धताको पर्वका रूपमा मनाउने गरिन्छ । षष्ठी परमेश्वरीको पूजा गरिने यस पर्वमा परिवारको सुख, समृद्धि, स्वास्थ्य र समाजको उन्नतिको कामना गरिन्छ । धार्मिक मान्यताअनुसार छठ पर्वको सम्बन्ध महाभारतकालीन कर्ण र द्रौपदी तथा त्रेतायुगमा माता सीताको प्रसङ्गसँग समेत जोडेर व्याख्या गर्ने गरिएको छ । छठ पर्वको अर्को विशेषता सामाजिक सद्भाव र समानता पनि हो । यस पर्वमा जातजाति, धर्म, समुदाय र वर्गबीच कुनै भेदभाव नगरी सबैले एउटै घाटमा बसेर सूर्यको उपासना गर्ने परम्परा छ ।

जनकपुरधाममा विभिन्न समुदायका मानिसहरू एकै ठाउँमा भेला भएर छठ मनाउने गर्छन्। केही मुस्लिम समुदायका व्यक्तिहरूले समेत यस पर्वमा सहभागिता जनाउने गरेको स्थानीयको भनाइ छ । प्रकृतिको पूजासँग जोडिएको यस पर्वमा बाँसका सामग्री, फलफूल तथा घरमै तयार पारिएका ठकुवा, भुसुवा लगायतका प्रसाद चढाउने गरिन्छ । बजारमा पाइने सामग्रीभन्दा घरमै शुद्धतापूर्वक तयार पारिएका परिकारलाई विशेष महत्व दिइन्छ । परिवार र समाजको सुख, शान्ति तथा समृद्धिको कामनासहित श्रद्धालुहरू कठोर व्रत र नियम पालना गर्दै पर्व मनाउँछन् ।

पाँच दिनसम्म मनाइने छठ पर्व नहाय-खायबाट सुरु हुन्छ । त्यसपछि खरना मनाइन्छ भने मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । पर्वको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने यस पर्वले जीवनका सुख र दुःख दुवै अवस्थालाई स्वीकार गर्दै अघि बढ्नुपर्ने सन्देशसमेत दिने धार्मिक विश्वास छ । जनकपुरधाममा छठ पर्वले धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको अनुपम दृश्य प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित