समाज
जलविद्युत उद्यमीले दिए प्रधानमन्त्री राहत कोषमा १ करोड ७ लाख रुपैया
त
तिलिचो न्यूज संवाददाता२०८३ भदौ १२ गते १४:०२
२
0
CommentsShares

काठमाडौँ । महाविपत्तिमा परेका जनताको राहत तथा उद्दारका लागि विभिन्न ५ वटा जलविद्युत आयोजना निर्माण गरिरहेका व्यवसायी पुष्पज्योती ढुंगानाको समूहले प्रधानमन्त्री राहत कोषमा एक करोडभन्दा बढी रकम जम्मा गरेको छ ।
निर्माणाधीन ५ वटा आयोजनाको तर्फबाट १ करोड ७ लाख ७७ हजार ७७५ रुपैया जम्मा गरिएको आयोजना सञ्चालकमध्येका राजेन्द्रविक्रम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।
तमोर इनर्जी प्रालिको तर्फबाट ५५ लाख ५५ हजार ५५५ रुपैया,पान्थर पावर लिमिटेबाट ५ लाख ५५ हजार ५५५ रुपैया दाखिला गरिएको छ ।
त्यस्तै सुपर मादी हाइड्रो पावरबाट २५ लाख ५५ हजार ५५,रिभरसाइड हाइड्रो पावरको तर्फबाट १५ लाख ५५ हजार ५५५ र पालुनखोला हाइड्रोबाट ५ लाख ५५ हजार ५५५ रुपैया राहत कोषमा दाखिला गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




