Logo
Logo
समाचार

जापानका कार्यवाहक राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय, आर्थिक अनियमिततासहितका उजुरी

परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत एवं उपसचिव हरिहर कान्त पौडेललाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेको प्रशासन उच्च स्रोतले जनाएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १७:०६
५२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत एवं उपसचिव हरिहर कान्त पौडेललाई स्वदेश फिर्ता बोलाउने निर्णय गरेको प्रशासन उच्च स्रोतले जनाएको छ।

प्रशासन विशेष ब्युरोलाई परराष्ट्र मन्त्रालयको उच्च स्रोतबाट प्राप्त जानकारीअनुसार सेवाग्राहीका काममा अनावश्यक ढिलासुस्ती गरेको, काम गरिदिने नाममा घुस मागेको तथा सेवा लिन आउने व्यक्तिहरूलाई हैरानी दिएको भन्दै पटक–पटक गुनासो परेपछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।

पौडेलमाथि भोटेकोशी बाढीपीडितका लागि जापानी पक्षबाट उपलब्ध गराइएको भनिएको सहयोग सरकारी कोषमा जम्मा नगरेको आरोपसमेत लागेको स्रोतको भनाइ छ। यद्यपि, उक्त सहयोगको रकम, प्रकृति र सरकारी कोषमा जम्मा भए–नभएको सम्बन्धमा आधिकारिक विवरण प्राप्त भएको छैन।

यसअघि कतार, इजरायल र स्पेनस्थित नेपाली कूटनीतिक नियोगमा कार्यरत रहिसकेका पौडेलको कार्यशैलीबारे विगतमा पनि प्रश्न उठेका थिए। विशेषगरी स्पेनस्थित नेपाली राजदूतावासमा कार्यरत रहँदा उनको भूमिकालाई लिएर विवाद भएको विषय यतिबेला पनि मन्त्रालयमा चर्चामा छ । कतार र इजरायलमा कार्यरत रहँदाको उनको कार्यसम्पादनबारे समेत आलोचना भएको थियो ।

पौडेल जापानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख हुन्। राजदूत फिर्ता भएपछि उनले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित