Logo
Logo
समाचार

इरानको धम्की र सुरक्षा जोखिम बढेपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य अखडामा सरे

अमेरिका र इरानबीचको तनावपूर्ण द्वन्द्वका बीच इरानबाट ज्यान मार्ने धम्की र सुरक्षा जोखिम उच्च भएपछि अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट आफ्नो निजी निवास छोडेर सैन्य अखडामा सरेका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २६ गते १८:१९
४३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

एजेन्सी । अमेरिका र इरानबीचको तनावपूर्ण द्वन्द्वका बीच इरानबाट ज्यान मार्ने धम्की र सुरक्षा जोखिम उच्च भएपछि अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट आफ्नो निजी निवास छोडेर सैन्य अखडामा सरेका छन् ।

द न्युयोर्क टाइम्सले पहिलोपटक सार्वजनिक गरेको यस घटनालाई अमेरिकी सञ्चारमाध्यम सीएनबीसीले पनि आधिकारिक स्रोतहरूबाट पुष्टि गरेको छ ।

वाशिङटनस्थित जर्जटाउनमा रहेको बेसेन्टको १ करोड २५ लाख डलर मूल्यको आलिसान घरको तस्बिर द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेपछि उनको व्यक्तिगत सुरक्षालाई लिएर गम्भीर चासो बढेको थियो । उक्त तस्बिरका कारण उनको घरको भौगोलिक अवस्थिति सजिलै पत्ता लाग्न सक्ने भएपछि सुरक्षा निकायले उनलाई तत्काल सैन्य अखडामा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

अमेरिकी अधिकारीहरूका अनुसार, हालका दिनहरूमा इरानले अमेरिकी अधिकारी तथा पूर्वाधारहरूलाई लक्षित गरी आक्रमण गर्ने योजना तीव्र बनाएको छ जसमा अर्थमन्त्री बेसेन्ट मुख्य निसानामा परेका छन् । बेसेन्टले गत अगस्ट महिनादेखि अमेरिकाको ट्रेजरी विभागको अपरेसन इकोनोमिक आउटकास्टको नेतृत्व गरिरहेका छन् ।

यस अभियानअन्तर्गत अमेरिकाले कडा आर्थिक प्रतिबन्ध तथा वित्तीय नाकाबन्दीमार्फत इरानको अर्थतन्त्रलाई अलगथलग बनाउने नीति लिएको छ । ट्रेजरी विभागका प्रवक्ताले यस्ता धम्कीबाट अर्थमन्त्री बेसेन्ट कत्ति पनि विचलित नहुने र इरानको अर्थतन्त्रलाई कमजोर पार्ने आर्थिक नाकाबन्दीलाई थप कडाइका साथ निरन्तरता दिने स्पष्ट पारेका छन् ।

यसैबीच अमेरिकी न्याय मन्त्रालयले अमेरिका र युरोपभर करिब २० वटा आक्रमण तथा आक्रमणका प्रयासहरूमा संलग्न रहेको आरोपमा तीनजना इरानी नागरिकविरुद्ध आतंकवादसम्बन्धी मुद्दा दायर गरेको छ । ती षड्यन्त्रहरूमध्ये अमेरिकी सैनिकहरू तैनाथ रहेको बेलायतको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड अखडामा भएको आक्रमणको प्रयाससमेत समावेश छ ।

अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चले अमेरिकी सुरक्षाकर्मी रहेका अखडाहरूमा आक्रमणको षड्यन्त्र रच्ने जोकोहीलाई पनि नछोडिने बताएका छन् ।

अर्कातर्फ अमेरिका र इरानबीचको द्वन्द्वमा कूटनीतिक गतिरोध कायमै छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आर्थिक प्रतिबन्ध र जलसैनिक नाकाबन्दी प्रभावकारी भएमा थप सैन्य कारबाही आवश्यक नपर्ने बताएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले पनि खाडी मुलुकहरूको साथमा इतिहासकै सबैभन्दा ठूलो जलसैनिक नाकाबन्दी जारी रहेको र द्वन्द्व समाधानको सकारात्मक बाटो खोजिरहेको उल्लेख गरेका छन् ।

तर, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले भने अमेरिकासँग कुनै पनि किसिमको शान्ति वार्ता भइरहेको कुरालाई ठाडै अस्वीकार गर्दै यस्ता दाबीहरू तेलको मूल्य घटाउने अमेरिकी षड्यन्त्र मात्र भएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित