Logo
Logo
समाचार

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य उच्च स्तरमा पुगेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २३ गते १८:३०
१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य उच्च स्तरमा पुगेको छ। महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक उपभोगमा समेत थप आर्थिक दबाब परेको छ।

अमेरिकामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रतिग्यालोन ४.१४ अमेरिकी डलर पुगेको छ। यो गत वर्षको तुलनामा झन्डै १ डलर बढी हो।

यसअघि सन् २०१२ मा नियमित पेट्रोलको औसत मूल्य प्रतिग्यालोन ३.८२ डलर पुगेको थियो। पछिल्लो मूल्यले उक्त स्तरलाई समेत पार गरेको छ। यद्यपि, अमेरिकामा पेट्रोलको सर्वकालीन उच्च राष्ट्रिय औसत मूल्य भने सन् २०२२ को जुनमा कायम भएको ५.०२ डलर प्रतिग्यालोन नै हो। 

पेट्रोलको मूल्य बढेपछि लामो दूरीको यात्रा गर्ने अमेरिकी परिवारको संख्या र यात्राको अवधि घट्न थालेको छ।

पेन्सिलभेनियाकी निकोल कोलिन्सले साथीहरूलाई भेट्न दक्षिण क्यारोलिना जाने योजना बनाएकी थिइन्। तर पेट्रोलमा हुने बढ्दो खर्चका कारण उनको परिवारले यस गर्मीयाममा विगतका वर्षको तुलनामा निकै कम यात्रा गरेको छ।

कोलिन्सका अनुसार पेट्रोलको मूल्य अत्यधिक बढेकाले परिवारको बजेटमा दबाब परेको छ। सानो बच्चाको आवश्यकतामा समेत खर्च गर्नुपर्ने भएकाले इन्धनमा बढेको खर्च व्यवस्थापन गर्न थप कठिन भएको उनले बताएकी छन्।

डेलावेयरको क्लेमन्टस्थित एक पेट्रोल पम्पमा नियमित पेट्रोलको मूल्य प्रतिग्यालोन ४.१९९ डलर पुगेको थियो। अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि पेट्रोलको मूल्य तीव्र रूपमा बढेको समाचारमा उल्लेख छ। त्यसपछि मूल्यमा केही उतारचढाव आए पनि पेट्रोलको मूल्य पुरानै स्तरमा फर्कन सकेको छैन।

मूल्य वृद्धिको प्रमुख कारण विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलडमरूमध्यबाट कच्चा तेलको आवतजावतमा आएको ठूलो गिरावटलाई मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित