Logo
Logo
समाचार

इरान-अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अड्डामा ड्रोन र क्षेप्यास्त्र प्रहार

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ७ गते ०२:२४
१२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ।

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा आफ्नो एयरोस्पेस फोर्सले बहराइनका अल रिफा र अवाली साखिर हवाई अड्डामा रहेका अमेरिकी राडारलाई लक्षित गरी जवाफी कारबाही गरेको उल्लेख गरेको छ।

इरानको आधिकारिक सञ्चारमाध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिअनुसार अमेरिकी पक्षबाट इरानी हवाई क्षेत्रको उल्लंघन जारी रहेकाले उक्त कारबाही गरिएको हो। आक्रमणमा अमेरिकी सेनाको प्याट्रियट हवाई रक्षा प्रणालीसँग सम्बन्धित दुई राडारमा क्षति पुगेको आईआरजीसीको दाबी छ।

आईआरजीसीले अमेरिकी सेनाका एमक्यू–१ प्रिडेटर र एमक्यू–९ रिपर ड्रोनले पनि शनिबार इरानी हवाई क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ। इरानी हवाई क्षेत्र आफ्नो सशस्त्र सेनाका लागि संवेदनशील विषय भएको उल्लेख गर्दै उसले उल्लंघन भए कडा जवाफ दिने चेतावनी दिएको छ।

यसैबीच, बहराइनको आन्तरिक मन्त्रालयले इरानी आक्रमणमा एउटा औद्योगिक प्रतिष्ठानलाई लक्षित गरिएको र त्यहाँ आगलागी भएको जनाएको छ। आगो नियन्त्रणमा लिन नागरिक सुरक्षा टोली परिचालन गरिएको मन्त्रालयले बताएको छ।

बहराइन रक्षा बलका अनुसार हवाई रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका केही हवाई आक्रमणलाई रोकेको थियो। रोकिएका आक्रमणका अवशेष खस्दा सामान्य भौतिक क्षति भए पनि मानवीय क्षति नभएको जनाइएको छ।

यसैबीच, इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीलाई युद्धको कार्यका रूपमा लिएको बताएका छन्। उनले नाकाबन्दी तोड्न आवश्यक सबै उपाय अपनाउने चेतावनी दिएका छन्।

उनका अनुसार युद्धविराम गर्ने र हर्मुजमार्ग पुनः सञ्चालनमा ल्याउने दुईदिने योजना इरानले अघि सारेको एकमात्र प्रस्ताव हो। अमेरिकाले उक्त योजना कार्यान्वयनका लागि आवश्यक सर्त पूरा गरे वार्ता अघि बढाउन सकिने उनले बताए।

इरान र अमेरिकाबीच हर्मुज तथा आसपासका क्षेत्रमा तनाव पुनः बढिरहेका बेला पछिल्लो घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित