इप्पानले बाढी पीडितका लागि ५ करोड सहयोग गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी पीडितका लागि ५ करोड ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
आज बसेको कार्यसमितिको २०६ औं आकस्मिक बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा चितवन, तनहुँ लगायत जिल्लामा दिवंगत नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेप्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथै इप्पान तथा इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
इप्पानको तर्फबाट उपयुक्त समय पारेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिने गरी निर्णय भएको इप्पान अध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




