समाचार
इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ
त
तिलिचो न्यूज संवाददाता२०८३ मंसिर ४ गते ०२:१०
८५
0
CommentsShares

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले अदालतले हिरासतको म्याद थप गरेको पुष्टि गरे।
सापकोटासँगै लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।
प्रहरीले असोज १४ गते सापकोटालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। सापकोटामाथिको अनुसन्धानका क्रममा भट्ट र श्रेष्ठको नाम जोडिएपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




