ह्वावेको नयाँ ‘वाच फिट ५ प्रो’ नेपाली बजारमा, खरिद गर्नेले 'फ्रिबड्स एसई-२' निःशुल्क पाउने

काठमाडौं । ह्वावेले आफ्नो नयाँ स्मार्टवाच ‘ह्वावे वाच फिट ५ प्रो’ आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा ह्वावेको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले यो स्मार्टवाच सार्वजनिक गरेको हो । प्रिमियम डिजाइन, स्वास्थ्य निगरानी, फिटनेस तथा स्मार्ट फिचरसहितको यो स्मार्टवाच सार्वजनिक भएको हो ।
वाच फिट ५ प्रोमा १.९२ इन्चको डिस्प्ले दिइएको छ । डिस्प्लेको बेजल १.८ एमएम मात्रै रहेको छ भने यसको अधिकतम ब्राइटनेस ३,००० निटसम्म पुग्छ । यसले प्रत्यक्ष घाममा समेत स्क्रिन हेर्न सहज हुने कम्पनीको दाबी छ ।
स्मार्टवाच ब्ल्याक फ्लोरोइलास्टोमर, ओरेन्ज ग्रे नायलन र ह्वाइट फ्लोरोइलास्टोमर स्ट्र्याप विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ह्वावे वाच फिट ५ प्रोमा मिनी-वर्कआउट मोड दिइएको छ, जसले ३० सेकेन्डदेखि केही मिनेटसम्मका निर्देशित व्यायाम उपलब्ध गराउँछ ।
त्यस्तै, आउटडोर गतिविधिका लागि रहेको ट्रेल रन मोडले सेग्मेन्टमा आधारित नेभिगेसन, उचाइमा हुने परिवर्तन र अनुमानित आगमन समय देखाउँछ । गल्फ खेलाडीका लागि विश्वभरका १७ हजारभन्दा बढी गल्फ कोर्सका नक्सा, उन्नत ग्रिन भ्यु तथा स्विङ विश्लेषण सुविधा पनि उपलब्ध छ ।
स्मार्टवाचमा ए-फिब र प्रिमेच्योर बिट अलर्ट, ईसीजी, आर्टेरियल स्टिफनेस डिटेक्सन लगायतका स्वास्थ्य निगरानी सुविधा छन् । महिलाको स्वास्थ्यसम्बन्धी निगरानीका लागि नाडीको तापक्रम ट्र्याकिङ सुविधा पनि दिइएको छ ।
ब्याट्रीले हल्का प्रयोगमा १० दिनसम्म र नियमित प्रयोगमा ७ दिनसम्म ब्याकअप दिने कम्पनीले जनाएको छ । ह्वावे वाच फिट ५ प्रो नेपालभर ४३ हजार ९९० रुपैयाँमा उपलब्ध रहेको छ । साथै, यो स्मार्टवाचको खरिदमा सीमित अवधिका लागि ५ हजार ४९० रुपैयाँ मूल्य पर्ने ‘ह्वावे फ्रिबड्स एसई-२’ निःशुल्क पाइने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




