Logo
Logo
समाचार

हुम्लामा ४६ वर्षयताकै ठूलो वर्षा, २४ घण्टामा ११४.८ मिलिमिटर

भारी वर्षाका कारण हुम्ला, जाजरकोट, कालीकोट, मुगु, जुम्ला र सल्यानका विभिन्न स्थानमा पहिरो गएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन ११ गते ०१:१७
४७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

सुर्खेत । पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा २४ घण्टामा ११४.८ मिलिमिटर वर्षा मापन भएको छ । यो सन् १९७८ पछिको ठूलो वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालय प्रमुख डा. इन्दिरा कँडेलका अनुसार शुक्रबार दिउँसो १ बजेदेखि शनिबार दिउँसो १ बजेसम्मको २४ घण्टामा सिमकोटमा ११४.८ मिलिमिटर वर्षा भएको हो ।

यसअघि सिमकोटमा सन् २०२१ मा ११० मिलिमिटर र सन् २०१५ मा ९८ मिलिमिटर वर्षा भएको थियो । ‘हुम्लाको हिसाबमा ११४.८ मिलिमिटर पानी पर्नु विषम वर्षा हो । यो रेकर्ड ब्रेक वर्षा पनि हो’, डा. कँडेलले भने ।

समुद्री सतहदेखि दुई हजार ९९३ मिटर उचाइमा रहेको सिमकोटमा हालसम्म १४ हजार ११३ दिनको वर्षा मापन गरिएको छ । त्यसमध्ये एक मिलिमिटरभन्दा बढी वर्षा भएका तीन हजार ७९४ दिनको अभिलेख रहेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ ।

तीमध्ये १०० मिलिमिटरभन्दा बढी वर्षा भएको एक दिन, ७५ मिलिमिटरभन्दा बढी वर्षा भएका छ दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा भएका १२ दिन रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, सोही २४ घण्टामा सुर्खेतको वीरेन्द्रनगरमा ७५.५ मिलिमिटर वर्षा भएको डा. कँडेलले जानकारी दिए ।

भारी वर्षाका कारण हुम्ला, जाजरकोट, कालीकोट, मुगु, जुम्ला र सल्यानका विभिन्न स्थानमा पहिरो गएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित