Logo
Logo
समाचार

हुलाक सिम सेवा सञ्चालनमा

नेपाल टेलिकम र हुलाक सेवाबीचको सहकार्यमा हुलाक सिम सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन २९ गते ००:४०
३६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- नेपाल टेलिकम र हुलाक सेवाबीचको सहकार्यमा हुलाक सिम सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ।

बुधबार सिंहदरबारमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले औपचारिक रुपमा हुलाक सिम सेवाको आरम्भ गरेका हुन्।

हुलाक सिम सेवा सुरु भएसँगै अव सिम लिनका लागि टेलिकमको कार्यालय पुग्नुपर्ने बाध्यता हटेको मन्त्री तिमिल्सिनाले बताए। उनले सिम घरसम्म पुर्‍याउने र त्यसपछि सिम प्रयोग गर्न दिने भन्ने उद्देश्यसहित यो प्रक्रिया अघि बढाइएको धारणा राखे।

प्रिपेड सिम कार्डको अनलाइन डेलिभरी सुरु भइसकेको भन्दै उनले अब पोस्टपेड सेवा आरम्भ गर्ने तयारी भइरहेको बताए। हुलाकमार्फत सिम लिने प्रक्रियामा प्रविधिमैत्री र झण्झटमुक्त तरिकाले कागजातहरू संलग्न गरेर अनलाइन आवेदन फारम भर्न सकिने मन्त्री तिमिल्सिनाले जानकारी दिए।

एप्लिकेसन सिस्टममा रजिस्टर गरेर फारम भरेपछि नेपाल टेलिकमको एडमिनले डकुमेन्ट रिभ्यु गरी प्रमाणित गरेपछि क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ।

भुक्तानी भइसकेपछि हुलाकका प्रतिनिधिहरुले नजिकैको टेलिकम अफिसबाट सिम कलेक्सन गरेर सेवाग्राहीलाई पुर्‍याउने र यसको स्टेटस ट्र्याक गर्न मिल्ने राम्रो व्यवस्था गरिएको हुलाक सेवा बिभागले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित