Logo
Logo
समाचार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

विपद् व्यवस्था प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मिडियामा हेलिकप्टर उद्धारका लागि १५ अर्ब रुपैयाँ खर्च भएको भनी आएका कुराहरू पूर्णतः गलत रहेको भन्दै वास्तविक खर्च बढीमा १४ देखि २० करोड रुपैयाँ हाराहारी मात्र रहेको स्पष्ट पारे ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १५ गते ००:०२
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन् ।

बुधबार विपद् व्यवस्था प्राधिकरणमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले मिडियामा हेलिकप्टर उद्धारका लागि १५ अर्ब रुपैयाँ खर्च भएको भनी आएका कुराहरू पूर्णतः गलत रहेको भन्दै वास्तविक खर्च बढीमा १४ देखि २० करोड रुपैयाँ हाराहारी मात्र रहेको स्पष्ट पारे ।

उनले रसुवा बाढीपछि अस्थायी शिविरमा रहेका परिवारहरूलाई तत्काल भाडामा बस्नका लागि ६ महिनासम्म प्रतिमहिना १५ हजार रुपैयाँ र ठूलो परिवार भए थप २ हजार उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।

विगतको ५० हजारमा अस्थायी आवास वा ३ लाखमा जग्गा किन्नुपर्ने अव्यवहारिक नीति परिमार्जन गरी ६ महिनाभित्र २ कोठे अस्थायी आवास र दीर्घकालीन रूपमा व्यवस्थित ’टाउनसिप प्लानिङ’ मार्फत पुनर्वास गराइने योजना रहेको उनले बताए ।

उनले नुवाकोट लगायतका स्थानमा सुत्केरी, गर्भवती महिला र बालबालिकाहरूलाई एउटै होल्डिङ सेन्टरमा राख्दा भएको असहजता र कमजोरीलाई सरकारले गम्भीरतापूर्वक लिएको र त्यस्ता कमजोरीहरू सच्याउँदै तत्काल भाडामा बस्ने रकम उपलब्ध गराइएको उल्लेख गरे ।

भारी वर्षाको पूर्वसूचनाका कारण धेरै क्षति हुनबाट जोगिए पनि मानवीय क्षति हुनु दुःखद भएको र यस पटकको पूर्वतयारीमा भएका सबल पक्ष र कमजोरीहरूको समीक्षा गर्न कार्यसमितिमार्फत छुट्टै समिति गठन गरिने निर्णय भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित