Logo
Logo
समाचार

हवाई फायर गरी करिव २ सय १० किलो गाँजासहित पाँच जना नियन्त्रणमा

सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १६ गते १४:२९
५२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० निवासी २४ वर्षीय रामसागर कुमार यादव, सप्तरीकै राजगढ गाउँपालिका–१ निवासी ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्तअन्तर्गत मधुबनी जिल्ला निवासी ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।

त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ निवासी ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी २१ वर्षीय अमृत बिशुङ्खे पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार आज बिहान करिब ३ बजे बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगेर आठ वटा पोकामा राखिएको करिब २१० किलो गाँजा लोड भइरहेको अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार रामसागर बा.१ च ५०३८ नम्बरका जिप चालक हुन् भने राजकुमार को.१ च ८१८२ नम्बरका जिपका चालक हुन् ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित