Logo
Logo
समाचार

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

त
तिलिचो न्यूज
२०८३ साउन २४ गते २१:०२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ ।

गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानदेखि ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी र अनुगमन सुरु गरिएको हो ।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री भइरहेको गुनासो उद्योग मन्त्रालयमा लगातार आउन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको हो ।

ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने तथा कालोबजारी गर्ने गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गरिएको हो ।

उद्योगमन्त्री गौरी यादवले ग्यासको आपूर्ति सहज हुँदाहुँदै उपभोक्ताले अभाव र बढी मूल्यको समस्या भोग्नुपरेको विषयमा चासो लिएपछि गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेका थिए ।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए । त्यसपछि उपत्यकाका विभिन्न डिपोमा सादा पोसाकका प्रहरी खटाएर वास्तविक अवस्था बुझ्ने तथा कालोबजारी नियन्त्रण गर्ने काम सुरु भएको हो ।

अनुगमनका क्रममा ग्यास लुकाएको, कृत्रिम अभाव सिर्जना गरेको वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको पाइए तत्काल कारबाही गरिने बताइएको छ ।

सरकारले उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचना र तथ्यका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाउने तयारी गरेको छ ।

गृह मन्त्रालयले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने तथा बढी मूल्य असुल्ने गतिविधि स्वीकार्य नहुने जनाएको छ ।

सरकारले ग्यासको आपूर्ति, भण्डारण तथा बिक्री वितरणको अवस्थासमेत निगरानीमा राख्दै कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई थप कडाइ गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित