Logo
Logo
समाचार

ग्यास बिक्रीमा अनिवार्य बिल जारी गर्न व्यवसायीलाई महासंघको आग्रह

महासंघले नेपाल आयल निगमको निर्देशन कार्यान्वयन गर्न व्यवसायी र उपभोक्ता दुवैलाई जिम्मेवार बन्न आह्वान गरेको हो।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ११ गते १९:१९
४३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको छ।

महासंघले नेपाल आयल निगमको निर्देशन कार्यान्वयन गर्न व्यवसायी र उपभोक्ता दुवैलाई जिम्मेवार बन्न आह्वान गरेको हो।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ग्यास बिक्री वितरणमा बिल जारी गर्ने व्यवस्था सुनिश्चित गर्न निगमले चालेको कदमको स्वागत गरेको छ। ग्यास कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन यस्तो व्यवस्था महत्त्वपूर्ण हुने महासंघको भनाइ छ।

नेपाल आयल निगमको एलपी ग्यास तथा एभिएसन विभागले कात्तिक ९ गते सम्पूर्ण ग्यास उद्योगहरूलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।

ग्यास खरिद गरेपछि उपभोक्ताले बिल वा बिजक नपाएको गुनासो बढ्न थालेपछि निगमले उक्त निर्देशन जारी गरेको हो।

महासंघका अनुसार ग्यासको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन यसअघि पनि निगमसमक्ष विभिन्न सुझाव प्रस्तुत गरिएको थियो। बिक्री वितरणका क्रममा अनिवार्य बिल जारी गर्ने व्यवस्था कार्यान्वयन भए ग्यास कारोबारलाई थप व्यवस्थित बनाउन महत्त्वपूर्ण आधार तयार हुने महासंघको विश्वास छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले निगमको निर्देशन पूर्ण रूपमा पालना गर्दै प्रत्येक कारोबारमा उपभोक्तालाई बिल उपलब्ध गराउन देशभरका ग्यास व्यवसायीलाई आग्रह गरेका छन्।

त्यस्तै, महासंघले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल वा बिजक माग्न अनुरोध गरेको छ। बिल लिने अभ्यासलाई नियमित बनाउन सके ग्यास कारोबारमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने महासंघको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित